16 Jul, 2026, Thu info.ddclamjung@gmail.com (+९७७)-०६६-५२०१४३
समाचार:
/ सूचना/समाचार

जिसस कास्की र लमजुङबीच अन्तर-जिल्ला अनुभव आदान-प्रदान

जिल्ला समन्वय समिति लमजुङ २०८३ असार ३० गते मंगलबार ११:०५:०० बजे

असार ३०, २०८३

जिल्लास्थित संघ, प्रदेश र स्थानीय तहको समग्र शासकीय प्रबन्ध, सेवा प्रवाह एवं विकास समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ मिति २०८३ असार २९ गते जिसस कास्कीका पदाधिकारी तथा कर्मचारीहरूको टोलीले लमजुङको सदरमुकाम बेसीशहरस्थित जिसस कार्यालयको भ्रमण गरी दुवै जिल्ला समन्वय समितिबीच सफल कार्यशैली, प्रशासनिक अनुभव र असल अभ्यासहरू आदान-प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ

उक्त अवसरमा जिसस लमजुङका प्रमुख श्री पूर्ण बहादुर गुरुङ, उपप्रमुख श्री बुना कुमारी रिमाल, जिसस सदस्यहरू तथा जिल्ला समन्वय अधिकारी श्री महेश सुवेदी लगायतका कर्मचारीहरूको उपस्थितिमा कास्कीका तर्फबाट प्रमुख श्री लीलाधर पौडेलको नेतृत्वमा जिल्ला समन्वय अधिकारी श्री नवराज बराल सहितको टोलीलाई स्वागत गर्दै आपसी अन्तर्क्रिया तथा अनुभव आदान-प्रदान गरिएको थियो

छलफलका क्रममा दुवै पक्षबीच नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम जिल्ला समन्वय समितिको मुख्य भूमिकाका रूपमा रहेका स्थानीय तहहरूबीचको समन्वय र सन्तुलन, विकास आयोजनाहरूको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन, र सङ्घीय, प्रदेश एवं स्थानीय सरकारबीचको सेतुका रूपमा निर्वाह गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा विस्तृत विमर्श गरिएको थियो

बैठकमा दुवै जिससले आ-आफ्नो क्षेत्रमा गरेका उदाहरणीय कार्यहरूलाई एक-अर्काले आ-आफ्नो जिल्लामा समेत अनुकरण गर्दै जाने महत्वपूर्ण निर्णय गरिएको छ

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. जिसस कास्की र लमजुङबीच अन्तर-जिल्ला अनुभव आदान-प्रदान २०८३ असार ३१ गते बुधबार ६८९.६१ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ असार ३१ गते बुधबार