मिति: २०८३ असार ११ गते
जि.स.स उपप्रमुख बुना कुमारी रिमाल, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख जिवन अधिकारी लगायत दुवै कार्यालयका प्राविधिक कर्मचारीहरूको उपस्थितिमा लमजुङ जिल्लाभित्र सञ्चालनमा रहेका विभिन्न विकास निर्माण आयोजनाहरूको संयुक्त स्थलगत अनुगमन तथा प्राविधिक निरीक्षण कार्य सम्पन्न भएको छ। विभिन्न आयोजना स्थलहरूमा सम्बन्धित वडाका वडाध्यक्षहरू, निर्माण व्यवसायी एवं उपभोक्ता समितिका प्रतिनिधिहरूको समेत सक्रिय उपस्थिति रहेको थियो ।
अनुगमनका क्रममा टोलीले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, लमजुङमार्फत हाल कार्यान्वयनमा रहेका खहरे खोला तटबन्धन योजना (सुन्बाजार-५), भोर्लेटार सिंचाई योजना (मध्यनेपाल-६), रम्घाटार सिंचाई योजना (मध्यनेपाल-२,३,४), कोत्र्याहा कुलो सिंचाई योजना (मध्यनेपाल-३) र मध्यनेपाल नगर अस्पताल पहिरो संरक्षण आयोजनाको वस्तुस्थिति निरीक्षण गरेको थियो ।
स्थलगत निरीक्षण पश्चात् जिल्ला समन्वय समिति, डिभिजन कार्यालयका पदाधिकारी, प्राविधिक टोली तथा उपस्थित सरोकारवालाहरूबीच आयोजनाहरूको प्राविधिक पक्ष, देखिएका कमजोरी र सुधारका उपायहरूका बारेमा विस्तृत समीक्षा र छलफल भएको थियो ।