मिति: २०८३ वैशाख ३० गते
जिल्ला समन्वय समिति, लमजुङका प्रमुख श्री पुर्ण बहादुर गुरुङज्यू एवम् मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष श्री जुना माया थापाज्यू सहितको संयुक्त अनुगमन टोलीद्वारा मर्स्याङ्दी गाँउपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न विकास निर्माण आयोजनाहरूको स्थलगत अनुगमन तथा प्राविधिक निरीक्षण कार्य सम्पन्न भएको छ ।
अनुगमनका क्रममा टोलीले खुदी खोला तटबन्धन आयोजना, खुदी सिउरुङ स्याङ्गे सडक र खुदी सिम्पानी भलामचौर घलेगाउँ सडक आयोजनाको वस्तुस्थिति निरीक्षण गरेको थियो।
स्थलगत निरीक्षण पश्चात् जिल्ला समन्वय समिति र गाउँपालिकाको पदाधिकारी तथा प्राविधिक टोलीबीच आयोजनाहरूको प्राविधिक पक्ष, देखिएका कमजोरी र सुधारका उपायहरूका बारेमा विस्तृत समीक्षा र छलफल भएको थियो।स्थलगत निरीक्षण पश्चात् जिल्ला समन्वय समिति र गाउँपालिकाको पदाधिकारी तथा प्राविधिक टोलीबीच आयोजनाहरूको प्राविधिक पक्ष, देखिएका कमजोरी र सुधारका उपायहरूका बारेमा विस्तृत समीक्षा र छलफल भएको थियो।