पदाधिकारी

पूर्ण बहादुर गुरुङ graphic

पूर्ण बहादुर गुरुङ

प्रमुख, जिल्ला समन्वय समिति, ९८५६०४५२७५

पढ्नुहोस..

तुलसी प्रसाद घिमिरे graphic

तुलसी प्रसाद घिमिरे

जिल्ला समन्वय अधिकारी ९८५६००७२२२

पढ्नुहोस..

संक्षिप्त परिचय

लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल र हाल गण्डकी प्रदेशमा  रहेको एक पहाडी जिल्ला हो । राजधानी काठमाण्डौबाट १६० किमी पश्चिममा रहेको यो जिल्ला पृथ्वी राजमार्गको डुम्रेबाट मनाङतर्फ २६ किमी उत्तरतर्फको यात्रा पछि प्रवेश गर्न सकिन्छ । भौगोलिक अवस्थिति अनुसार यस जिल्ला २८० डिग्री ०३ मिनेट १८ सेकेण्ड देखि २८० डिग्री ३० मिनेट ३८ सेकेण्ड उत्तरी अक्षांससम्म तथा ८४० डिग्री ११ मिनेट २३ सेकेण्ड देखि ८४० डिग्री ३८ मिनेट १० सेकेण्ड पूर्वी देशान्तरसम्म फैलिएको छ । नया संरचना अनुसार यस जिल्लामा ४ वटा नगरपालिका र ४ वटा गाउपालिका रहेका छन | यस जिल्लाको पूर्वमा गोर्खा जिल्ला, पश्चिममा कास्की जिल्ला, उत्तरमा मनाङ जिल्ला र दक्षिणमा तनहुँ जिल्ला पर्दछ । जिल्लाको भूगोल समुद्रि सतहदेखि ३८५ मिटर (नेपालको मध्य भाग,रम्घा) देखि विश्वका ८००० मिटरभन्दा अग्ला १४ अग्ला हिमालहरु मध्येमा पर्ने ८१६२ मिटर अग्लो मनास्लु हिमालसम्म फैलिएको छ । जिल्लाको कुल क्षेत्रफल १६९२ वर्ग किमी रहेको छ । नेपालको प्रसिद्द मर्स्याङ्दी नदी यो जिल्लाको विच भाग भएर बहन्छ । जलस्रोत र पर्यटनका हिसावले लमजुङ जिल्ला महत्त्वपूर्ण र उर्वर क्षेत्र मानिन्छ । त्यसैगरी नेपालको हिमाल पारीको जिल्लाको रुपमा परिचित मनाङ जिल्लामा जाने मोटरवाटो समेत यसै जिल्ला भएर  जान्छ । नदीनाला प्रशस्त भएको यो जिल्लामा जलविद्दुतको बढी सम्भावना रहेको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रूपमा यो जिल्लालाइ चिनिन्छ । यस जिल्लाको खेतीयोग्य जमिन ४५९४० हेक्टर रहेको छ । जिल्लामा कुल ३७ किमी मात्र पक्की सडक छ । जिल्लाका साबिकका  ८ गाविसहरू ( हाल क्वोल्हसोथर गापा वडा न ३ , ४, ५, ६, ७, ८, ९ र मर्स्यान्ग्दी गापा वडा न १, २, ३,४)  अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पदर्छन् । । जिल्लाको कुल ७६ प्रतिशत जनसंख्याले राष्ट्रीय प्रसारणको विध्धुत सेवा प्राप्त गरेका छन् भने १० प्रतिशतले लघु जलविध्धुत सेवा लिएका छन् । यस जिल्लाले १३३.४ मेगावट विध्धुत राष्ट्रीय प्रसारणमा योगदान दिएको छ भने अन्य करिब २०० मेगावाटको विध्धुत योजना निर्माणाधीन अवस्थामा छ ।  पूर्ण साक्षर जिल्ला र खुल्ला दिसामुक्त जिल्लाको रूपमा यो जिल्ला घोषणा भै सकेको छ । जिल्लाका ९० प्रतिशत जनसंख्याले सुरक्षित पाइप पानी उपभोग गरेका छन् ।
थप पढ्नुहोस्
Skip to toolbar