लमजुङ जिल्ला
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तर्गत पर्ने गण्डकी अञ्चलका ६ वटा जिल्लाहरु मध्य एक ऐतिहासिक महृत्व रहेको लमजुङ जिल्ला भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखी उत्तरी हिमाली क्षेत्रसम्म फैलिएर रहेको छ । नेपालकै झण्डै बीच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले यो जिल्लाले १,६९२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । गुरुङ जातिको वाहुल्यता रहेको यस जिल्ला ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वको हिसावले प्रमुख स्थानमा रहन्छ । नेपाललाई चिनाउने सँस्कृति मध्य लोकदोहोरी गीतको उदगम स्थल यस जिल्लालाई मानिन्छ । समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम वेसीशहर पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे वजारदेखि ४२ किलोमिटर ऊत्तरमा पर्दछ । राजनैतिक एवं प्रशाशनिक दृष्टिकोणले यस जिल्लालाई ३५ गाउँ विकास समिति, ५ नगरपालिका, ११ इलाका र २ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ ।
पाँचसय वर्षपहिलेको इतिहास यद्यपि आधिकारिक रुपमा लेखिएको पाईदैन तापनि यस जिल्लाको उत्तर तथा उत्तरपश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि वसोवास गर्दै आएका गुरुङ्ग तथा घले जातिहरुले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनीतिक संरचनाको स्थापना गर्दै आएको पाईन्छ । सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेक गुरुङ तथा घले जातिको सामाजिक तथा राजनीतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन् । जिल्लाको दक्षिणी भेकका टार तथा वेसीहरुमा क्षेत्री, व्राम्हण, दमै, कामी, सार्की आदि जातिका मानिसहरु वसोवास गर्दै आएको पाईन्छ । आज भन्दा झण्डै ५०० वर्षपहिले आजका शाह वशीय राजाका पूर्वज यशोव्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए । यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ । त्यति वेलाभद्र, शान्त तथा इमान्दार जातिको रुपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन संचालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाईन्छ ।
इतिहासमा खासगरी लमजुङको शाहवंसीय शासनकालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरुको राज्यको रुपमा लमजुङलाई लिईएको पाईन्छ । लमजुङलाई गरुढ, गोर्खालाई र्सप र कास्कीलाई भ्यागुताको रुपमा इतिहासमा उल्लेख गरेको पाईन्छ । स्वदेशी वा विदेशी सेनामा अत्यन्त धेरै भर्ती हुने वर्तमान सन्दर्भले पनि उक्त विशेषतालाई पुष्टि गरेको हो कि !
पश्चिम नेपालको मध्य पहाडी क्षेत्रमा अवस्थित लमजुङ जिल्ला १६९२ वर्ग किलोमिटरको भौगालिक क्षेत्रफल भित्र फैलिएको छ । समुद्र सतहबाट ३८५० मिटर उचाई देखि ८१६२ मिटर अग्लो मनास्लु हिमशिखरसम्मको धरातलीय उचाईले गर्दा यो जिल्लामा ठूलो पाईन्छ । अत्यन्त गर्मी हावापानीदेखि अतिठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो जिल्ला निकै प्रसिद्ध पनि छ । यहाँ प्रशस्त नदीनालाहरु बग्दछन् जस्ले लाखौं किलोवाट विद्युत उत्पादन गर्न सकिन्छ । अर्कोतर्फ यस जिल्लामा नीरमसी, पाखनवेद, पाँचऔंले, चिर्राईतो, जटामसी, गुर्जो, सर्पगन्धा, यार्चागुम्वा, कुट्की, सुगन्धवाल आदि वहुउपयोगी र वहुमूल्य जडीवुटीहरु पाईन्छन् । हिमाली क्षेत्रमा अनेर्कौ वहुमूल्य पत्थरहरु पाईन्छन् । दुधपोखरी, वाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानोकोट, रागिनासकोट, तुर्लुङकोट आदि ज्यादै सुन्दर र ऐतिहासिक एवं धार्मिक महत्वका पर्यटकीय स्थलहरुले गर्दा यस जिल्लाको आर्थिक संभावनालाई अत्यन्त माथि पुर्याउन मद्दत मिलेको छ । यस जिल्लाको यातायात तथा विद्युतीकरणको क्षेत्रमा पनि राम्रो सुबिधा पुगेको छ ।
तथ्याङ्कीय जानकारी
लमजुङ जिल्लाको संक्षिप्त बस्तुगत विवरण
भौगोलिक अवस्थिति
क्षेत्रफल : १६९२ व. कि. मि. ९१,६९,२०० हे.
अक्षांश : २८० ०३’ १९” देखि २८० ३०’ ३८” उत्तरी अक्षांस
देशान्तर : ८४० ११’ २३” देखि ८४० ३८’ १०” पुर्वी देशान्तर
उचाई : समुन्द्र सतहबाट ३८५ मि. . रम्घाटार ० देखि ८,१६२ मि. मनास्लु हिमालसम्म
सदरमुकाम : बेसीशहर ८०० मिटर उचाई
सिमाना
पुर्व : गोरखा जिल्ला पश्चिम : कास्की जिल्ला
उत्तर : मनाङ जिल्ला दक्षिण : तनहुँ जिल्ला
राजनीतिक र प्रशासनिक विभाजन
विकास क्षेत्र : पश्चिमाञ्चल अञ्चल : गण्डकी
गाबिस : ३५ नगरपालिका : ५
निर्वाचन क्षेत्र : २ इलाका संख्या : ११