संविधान दिवस २०७४ मनाउने बारे

संविधान दिवस २०७४ मूल समारोह समिति लमजुङको मिति २०७४।६।२ गते बसेको बैठकको निर्णयानुसार आगामी आश्विन ३ गते संविधान दिवस मनाउने सन्दर्भमा आश्विन २, ३ र ४ गते साँझ सम्पूर्ण कार्यालयहरु, संघ संस्थाहरु तथा नागरिकहरुका घर घरमा दिपावली गर्ने, ३ गते लमजुङ जिल्ला सामुदायिक अस्पतालका बिरामीहरु तथा बाल संरक्षण गृह बेशिशहरका बालबालिका हरुलाई फलफुल वितरण गर्ने, साथै ३ गते बिहान ८ बजे जिल्ला समन्वय समितिको सभाहलमा संविधान दिवस संबन्धी प्रवचन कार्यक्रम हुने भएकोले सम्पूर्ण कर्मचारी राजनैतिक दलका व्यक्तित्वहरु, संघ संस्थाका प्रतिनिधिहरु एवं नागरिकहरु सबैलाई माथि उल्लेखित कार्यक्रमहरुमा उपस्थिति र सहभागिताका लागि अनुरोध गरिन्छ ।

संविधान दिवस २०७४ मूल समारोह समिति, लमजुङ

Skip to toolbar