कार्यालयको शाखागत कार्य विवरण

विवरण

 रिसेप्सन

कार्य विवरण

क्र.सं. विवरण कैफियत
टेलिफोन रिसिभ गरी सम्बन्धित शाखामा ट्रान्सफर गर्ने ।
बिभिन्न संघसंस्था, कार्यालय, सम्बन्धित मन्त्रालय तथा प्रमुख ब्यक्तिहरु र सम्पूर्ण कर्मचारीहरुको सर्म्पर्क नं. अद्यावधिक गर्ने ।
कार्यालयमा दर्ता गरिने र्सवसाधारणका निवेदनहरुमा कार्यालयको तर्फाट सहयोग गर्ने ।
कार्यालयको सोधपुछ कक्षको रुपमा कार्यसम्पादन गर्ने ।
कार्यालयलाई आवश्यक परेमा अन्य शाखाको पनि काम गर्ने ।
समय-समयमा कार्यालयद्वारा तोकिएको ओहोदासँग सम्बन्धित यस्तै खालका अन्य कार्यहरु गर्ने ।
कार्यालयमा उपस्थित हुन नसक्ने भएमा आफ्नो जिम्माको काम नरोकिने व्यवस्था मिलाउन कार्यालय प्रमुखबाट निर्दिष्ट ब्यक्तिलाई जिम्मा दिने ।
कार्यालय समयमा कार्यालय हाता वाहिर जानु परेमा स्था.वि.अ. वा यो.अ. तथा प्र.अ.को अनुमति लिई लगबुकमा जनाई जाने ।

Skip to toolbar